४ नम्बर वडामा निःशुल्क स्वास्थ्य शिविर

संवाददाता
असार ३, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापनमा शनिवार निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका थिए । स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।
शिविरमा ५ सय ८८ जना सेवाग्राहीले निःशुल्क जाँच गरेको ४ नम्बर वडासदस्य जनरल श्रेष्ठले जानकारी दिए । शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुंगाना, स्त्री रोग विशेषज्ञ प्रशान्तराज शर्मा, बालरोग विशेषज्ञ विनोमराज शर्मा र फेमली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले बिरामी जाँच गरी औषधि प्रदान गरिएको थियो ।
वडासदस्य तथा कार्यक्रम संयोजक जनरल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य गीता त्रिपाठी, नेपाल रेडक्रम सोसाईटी, मकवानपुर शाखाका उपमन्त्री, वडासचिव टीका कंडेल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकोटी, कोषाध्यक्ष सुन्दर न्यौपाने, मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, हेटौंडा–४ का प्रमुख निर्मला ब्लोन, हेटौंडा क्याम्पस स्ववियु सभापति अभि मैनाली, नेपाल रेडक्रस सोसाईटी ४ नं. वडाका सभापति किसन घिसिङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा ४ नम्बर निवासी शान्ति ढुंगानाद्वारा लिखित नारी सन्देश नामक पुस्तक वडाध्यक्ष नवीन सिग्देलसहितका अतिथिहरुले विमोचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*