प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन् । आज संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए ।
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन् । आज संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए ।
प्रधानन्यायाधिशमा अनुमोदित हुनु अगाडि शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा कार्कीले अदालतमाथि लगाइने अनावश्यक आरोप स्वीकार्य नहुने बताएका छन् ।
उनले अनावश्यक आलोचना हुन नहुने बताए । ‘कोर्टलाई अनावश्यक आरोप लगाइन्छ भने स्वीकार्य हुँदैन । कुनै फैसलामा त्रुटि छ भने सम्बोधन गर्ने भनेको इजालसबाट हो’, उनले भने ।
कार्कीले नजिरमा एकरूपता दिन तत् इजलासले त्यो भन्दा ठूलो इजालासबाट एकरूपता कायम गर्न रिफर गर्ने गरेका बताए । ‘यो प्रक्रिया निरन्तर चालु रहेको छु, उनले भने, ुएकरूपता ल्याउने काम भइरहेको छ ।’,
उनले विकास निर्माणमा स्टे अडरले पार्ने असरकारे प्रश्न उठेकाबारे संविधान व्यवस्था कस्तो छ भन्ने कुरा हेरिनुपर्ने बताए ।