अन्धकार गाउँ छिचोलेर पहिला वडा कार्यालयमा बिजुली

संवाददाता
जेष्ठ १, २०८०

हेटौंडा– जिल्लाको विकट कैलाश गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय र स्वास्थ्य चौकीमा बिजुली पु¥याइएको छ ।वडा कार्यालय र आधारभूत स्वास्थ्यचौकीमा शुक्रबार बिजुली बत्ती बालेर विद्युत सेवा प्रसारणको उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विद्युत सेवा उद्घाटन गर्दै कैलाशको सबै क्षेत्रमा बिजुली पु¥याउने विश्वास दिलाएका छन् । बुकुटी, लिक्चे लगायतका गाउँ भने अझै अन्धकार छ । गाउँपालिकाले यी गाउँलाई उछिनेर ४ नम्बर वडा कार्यालय र स्वास्थ्यचौकीमा बिजुली पु¥याएको हो । ४ नम्बर वडाध्यक्ष तिलक मोक्तानले वडा कार्यालयमा काम गर्न समस्या भएकाले तत्कालका लागि वडा कार्यालय र स्वास्थ्यचौकी भएको स्थानमा बिजुली पु¥याइएको बताए ।

वडामा बिजुली नपुगेका कारण पञ्जीकरणलगायतका काम गर्न असहज भएको, सोलारबाट फोटोकपी गर्न पनि समस्या हुने गरेको तथा इन्टरनेट पनि निकै कमजोर भएकाले हालका लागि वडा भवनमा मात्र बिजुली पु¥याएको मोक्तान बताउँछन् । वडाका बुकुटी, लिक्चे, च्याँखेटार, स्यास्र्याङ देउतिस लगायतका स्थानमा विद्युतीकरणका लागि प्रक्रिया सुरु भइसकेको वडाध्यक्ष मोक्तानले जानकारी दिए । गाउँपालिका अध्यक्ष लोक मोक्तानले अन्धकार गाउँहरुमा बिजुली पु¥याउन लागिपरेको बताएका छन् । नागरिककै अतिआवश्यक कामहरु रोकिराखेकाले छिटो गरी वडामा बिजुली लगेको मोक्तानले बताए ।

मोक्तानले सम्बन्धित गाउँका मानिस सक्रिय नभएकाले बिजुली पु¥याउन समस्या भएको बताएका छन् । बिजुली नपुगेका गाउँका युवाहर कतिपय विदेश गएका, कतिपय सहर पसेका काम गर्ने मान्छे नभएकाले बिजुली बत्ती पु¥याउन कठिनाई भएको अध्यक्ष मोक्तानले बताए । ‘गाउँमा वृद्धवृद्धामात्र रहेका छन् । गाउँ पनि दुर्गममा पर्ने कारणले बिजुली पु¥याउन नसकिएको हो’, उनले भने । तर, पनि कैलाशका गाउँबासीलाई बिजुलीबाट बञ्चित नगराउन दिनरात खटिने मोक्तान बताउँछन् । ४ नम्बर वडा कार्यालय भवन भएको स्थानमा बिजुली पुग्दा बिजुलीको तार मुनि रहेका दुई वटा गाउँ भने अझै अन्धकार छन् ।

बुकुटी, लिक्चेलगायतका गाउँका बासिन्दा नाङ्गो तार मात्र टुलटुलु हेरेर बस्नुपर्ने अवस्थामा छन । जिल्लाका १० स्थानीय तहमध्ये कैलाश, राक्सिराङ, बकैया, बागमतीका विभिन्न गाउँमा बिजुली पुग्न सकेको छैन । नेपालमा उत्पादित विद्युत अन्य मुलुकमा निर्यात हुन थालिसकेको अवस्थामा र मकवानपुरमा निजी क्षेत्रको १ र सरकारी स्वामित्वको ३ ओटा जलविद्युत आयोजना रहेता पनि गाउँ अन्धकार छन् ।

कैलाशको वडा नम्बर ४ च्याँखेटारका बासिन्दा अझै अन्धकारमै बसिरहेका छन् । आफ्नै गाउँको बाटो हुँदै अन्य गाउँमा र पालिकासम्म विद्युत जान दिने च्याँखेटारका
बासिन्दा आफूहरु अँध्यारोमै बस्नुलाई आफ्नो नियति ठान्ने गरेका छन् । च्याखेँटारबाट बिजुलीको तार लगेको ३ वर्षभन्दा बढी भइसकेको छ । स्थानीय जनप्रतिनिधिको वेवास्थाले च्याखेँटार हालसम्म पनि अन्धकार बन्न परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*