ब्राउनसुगरसहित हेटौंडाका दुई युवती पक्राउ

संवाददाता
बैशाख २३, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१ घर भई हाल झापा मेचीनगर बस्दै आएका दुई युवती लागूऔषधसहित पक्राउ परेका छन् । त्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजाँदै गर्दा दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हेटौडा–१ घर भएका २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्र बस्त्र (पेन्टि) भित्र लगाएको प्याडमा लागूऔषध हालेर बोकेको प्रहरीले पत्ता लगाएको थियो । सोनी र सन्ध्या दिदीबहिनी रहेको खुलेको छ । झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदीबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समयमा लागूऔषध कारोबारीहरुले प्रहरीलाई आँखा छल्न फरकफरक उपाय अपनाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार बिहीवार राति ९ बजे बुद्ध एयरको जहाजबाट उनीहरु काठमाडौं जाने तयारीमा रहेका थिए । विमानस्थल प्रहरीले शरीर जाँचका क्रममा सोनीको साथमा लागूऔषध रहेको पत्ता लागेको हो । प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लुकाएको अवस्थामा फेला परेको रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*