अपाङ महासंघलाई अनुरोध पत्र

संवाददाता
बैशाख १४, २०८०

हेटौंडा– कोशिश मकवानपुरले मनोसामाजिक सु–स्वास्थ्यको सवालमा राष्ट्रिय अपाङ महासंघ नेपाल, बागमती प्रदेशलाई अनुरोध पत्र बुझाएको छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय अपाङ महासंघ नेपालका विभिन्न तह र तप्कामा अर्थपूर्ण प्रतिनिधित्व भएमा थप प्रभावकारी र न्यायोचित हुने भन्दै अनुरोध पत्र बुझाइएको हो ।

राष्ट्रिय अपाङ महासंघ नेपाल, बागमती प्रदेश अध्यक्ष अस्बिन लम्साललाई अनुरोध पत्र बुझाएका हुन् । अपाङ्गताको क्षेत्रमा गरेको नेतृत्वदायी भूमिकामा मनोसामाजिक सु–स्वास्थ्यको सवाललाई पनि ग्रहण गर्न अनुरोध गरिएको हो ।

‘दश प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था अपाङ महासंघमार्फत मनोसामाजिक स्वास्थ्यको सवालमा पनि ध्यान दिनको लागि हामीले अनुरोध गरेका हौं’ कोशिस मकवानपुरको पैरवी अधिकृत सुनिरा लामाले भनिन् । महासंघ मार्फत सरोकारवाला निकायको हक हित र अधिकार सुनिश्चित गर्ने काममा आफूहरुले पनि हातेमालो गर्न चाहेको लामाले बताइन् ।

पछिल्लो जनगणना २०७८ साल अनुसार नेपालमा मनोसामाजिक अपाङ्गता भएकाहरु ४ दशमल २८ प्रतिशत अर्थात १३ हजार ७२ जना पुरुष र १४ हजार ९ सय ७३ जना महिला छन् । बागमती प्रदेशमा मात्रै महिला २ हजार ७ सय ९७ जना र पुरुष २ हजार ८ सय ६३ जना रहेको छन् । मकवानपुर जिल्लामा महिला २ सय ३० र पुरुष २ सय ९४ रहेका छन् ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई शुत्रबद्ध गर्ने उदेश्यले मकवानपुरको भिमफेदी लगायतका हेटौंडा उपमहानगरअन्तर्गतका वडाहरुमा सञ्जाल गठन भएको र बागमती प्रदेशको हकमा सञ्जालको गठन गरिएको छ । सञ्जालमार्फत अधिकारको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको उनले बताइन् ।

उक्त सञ्जालमार्फत् प्रदेश तहदेखि स्थानीय तहसम्म विभिन्न किसिमका अधिकार सम्बन्धी बैठक, क्षमता अभिवृद्धि तथा ध्यानाकर्षण पत्र सम्प्रेषमा सक्रिय प्रतिनिधित्व रहदैं आएको लामाले बताइन् । अनुरोध पत्र बुझ्दै अध्यक्ष लम्सालले आफू र आफ्नो संस्थागत सहकार्यमा कुनै कमी नआउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*