सीसीटीभी फुटेजले उब्जाएको आशंका, सत्यतथ्य छानविनको माग

संवाददाता
बैशाख १४, २०८०

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका मकवानपुरका पत्रकार रमेश बञ्जारालाई जर्वजस्ती करणी मुद्दामा फसाउन खोजेको आशंका उत्पन्न भएको छ ।

एक महिलाले ३० चैतमा जिल्ला प्रहरी कार्यालयमा बञ्जाराविरुद्ध दिएको ठाडो उजुरीका आधारमाप्रहरीद्वारा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । तर, तत्कालीन समयमा घटना भएको भनिएको स्थानको समेत अवस्था खुल्ने गरी बुधवार सीसीटीभी फुटेज बाहिरिएपछि बञ्जारालाई फसाउन खोजिएको आशंका उब्जिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मकवानपुरले सार्वजनिक सीसीटिभी फुटेजलाई आधार बनाएर बञ्जारालाई फसाउन खोजेको आशंका भएको भन्दै सत्यतथ्य छानबीनका लागि प्रहरीको ध्यानाकर्षण गराएको छ । रास्वपाले मात्र नभई जनस्तरमा पनि बञ्जारालाई फसाउन खोजेको आशंका भइरहेको हो ।

सञ्चारमाध्यममा आएको सिसिटिभी फुटेजलाई हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजिएको भन्ने जनस्तरबाट समेत गुनासो आएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले निष्पक्ष छानबीनको माग गरेको हो । पार्टीका सभापति भरत पराजुलीले दोषि भए कानुनी कारवाही अघि बढाउनु पर्ने अन्यथा निर्दोष व्यक्तिलाई सुनियोजित तरिकाबाट फसाउन नहुने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

पीडितले दिएको जाहेरी र बारदात भएको भनिएको समयमा पत्रकार बञ्जारा हेटौंडाको एक पसलमा गुट्खा किन्दै गरेको सिसीटीभी फुटेजमा देखिएको र पीडित भनिएकी महिला बुलेट बाइक चढेर घट्ना भएको भनिएको स्थलमा गएको विषयलाई समेत प्रहरी प्रशासनले गहिरो ढंगले छानबीन गर्न माग गरिएको छ ।

रास्वपाको ध्यानाकर्षण पत्र र जनस्तरबाट उब्जिएको आशंकालाई नजिर बन्ने गरी करिब दुई वर्षअघि रौतहटमा पत्रकारलाई प्रहरीले नै लागूऔषधमा फसाउन खोजेको घटनालाई नियाल्नुपर्ने हुन्छ । रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागूऔषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको घटना राष्ट्रियव्यापी बनेको थियो । जुन घटनाले प्रहरीसमेत कारबाहीमा परेका थिए ।

समाचार लेखेको विषयलाई लिएर रिसइबी बनेपछि मोहम्मद चढ्ने मोटरसाइकलमाप्रहरीले नै लागूऔषध राखेर पक्राउ गरिएको थियो । जुन घटना रौतहटका स्थानीय पत्रकारले सिसिटिभी फुजेट सार्वजनिक गरेपछि सत्यतथ्य बाहिरिएको थियो ।

हेटौंडामा पनि बञ्जाराको घटना विवरणलाई आधार बनाएर बजार क्षेत्रका सिसिटिभी फुजेट सार्वजनिक हुँदा फसाउन खोजिएको आशंका गरिएको हो । तर, पीडित महिलाले बञ्जाराबाट आफू जर्वजस्ती करणीमा परेको भन्दै जाहेरी दिएकी हुन् । बञ्जाराले पनि महिलासँग आफ्नो भेटघाट भएको र पहिलो फोन महिलाबाटै आएको बताएका छन् । महिलाले हेटौंडाको राप्ति पुलको दक्षिणतर्फ त्रिवेणीधाम जानेतर्फ काँसघारीमा जर्वजस्ती करणी गरेको दाबी गरेकी छन् ।

तर, उनले आफूमाथि जर्वजस्ती करणी भएको भनिएको समयमा उनी दुईजना पुरुषसहित एउटा बुलेट बाइकमा सँगै आएर शवदाहस्थलमा ओर्लिएको सिसिटिभी फुटेजमा देखिन्छ । बाइकबाट झरेपछि पीडित भनिएकी महिला पैदलयात्रा गरी जिल्ला प्रहरी कार्यालयतर्फ लागेको देखिन्छ ।

महिलाले जवर्जस्ती करणी भएको भनिएको समयमा बञ्जारा भने हेटौंडा–४, स्थित ओम भवनमा गुट्खा किन्दै गरेको देखिन्छ । पीडितको दाबी र सिसिटिभी फुजेटको दृश्यले घटनाप्रति जनस्तरमा आशंका उब्जिएको हो । पीडित भनिएकी महिलाले कैलाश गाउँपालिकामा गाँजा खेतीको विषयमा प्रहरीले दुःख दिएको र बहिनीको डिभोर्स मुद्दा भएकाले सहयोग माग्न आफूसँग नजिकिएको बञ्जाराको दाबी छ ।

बञ्जाराले घटना भएको दिन महिलालाई आफ्नै स्कुटरमा राखेर २ बजेर ४६ मिनेटमा जिल्ला हुलाक कार्यालय अगाडिको मकवानपुर साझा यातायातको स्टेसनमा पु¥याएको सिसिटिभीबाट देखिन्छ । महिलालाई बस स्टेशनमा झारेर २ बजेर ५१ मिनेटमा पारिजातपथस्थित चिया पसलमा पुगेको देखिएको छ ।

त्यसपछि बञ्जारा चिया पसलमै एक घण्टा समय बिताएर ४ बजेको समयपछि कमानेस्थित घर गएको पनि सिसिटिभी फुटेजबाट खुलेको छ । प्रहरीका अनुसार महिलाले भने आफुलाई सोहीदिन अपरान्ह ४ बजे राप्ती खोलाको शवदाहस्थान भन्दा अलिक पर काँसघारीमा लगेर जवर्जस्ती करणी गरेको आरोपसहित उजुरी दिएकी छन् । प्रहरीका अनुसार उनले ४ बजेर ५६ मिनेट जाँदा उजुरी दिन आएकी थिइन् । त्यस लगत्तै बञ्जारालाई प्रहरी कार्यालयबाट फोन गरेर बोलाएपछि उनी पुगेपछि हिरासतमा राखिएको थियो ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले छानबीन गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारीदिए । उनले घटना अनुसन्धानकै क्रममा रहेकाले थप कुरा गर्न चाहेनन् । घटनालाई नजिकबाट नियालिरहेकी माइती नेपाल मकवानपुरकी अध्यक्ष माया लामाले यस घटनालाई धेरै ठूलो विषय बनाउन नहुने बताउँछिन् । प्रहरीले अनुसन्धान गरिरहेको र अदालतबाट छिनोफानो हुने भन्दै अनुसन्धानमा सबैले सहयोग पु¥याउनु पर्ने बताइन् ।

लामाले बञ्जारा निर्दोष भए छुट्नु पर्ने र दोषि देखिए कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने बताएकी छन् । ‘सबै महिला सही हुन्छन् भन्ने हुँदैन । महिला नै सही छ भनेर भन्दैनौं । निर्दोष छ भने फसाउनु हुँदैन । दोषि भए कसैलाई छोड्नु पनि हुँदैन,’ लामाले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*