राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन
हेटौंडा– राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन् गरेकी छन् ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीन तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन् गरेकी हुन् ।
विगतको पुरानो भवनमा साँघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले भने नयाँ भवनबाट जनशक्तिसमेत थप गरेर उपचार सेवालाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।
पहिले रिफर अस्पतालको रुपमा परिचित हेटौंडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगहरुको नियमित रुपमा शल्यक्रिया गरिँदै आएको छ ।
राष्ट्रपति बिद्यादेवि भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरिय हुनेमा बिश्वास व्यक्त गरेकी छन् । अस्पतालको तीन तले नवनिर्मित भवनको उद्घाटन् गर्दै भण्डारीले स्वदेशमा नै गुणस्तरिय स्वास्य सेवा र सर्भसुलभ ढंगले प्रतिष्ठानले सेवा दिनेमा बिश्वास व्यक्त गरिन् । आम जनतालाई सर्बसुलभ ढंगले सेवा दिन यस प्रतिष्ठानको महत्वपूर्ण भुमिका हुने उनले बताए ।
अहिलेको समयमा सर्ने तथा नसर्ने रोगहरु फैलँदै जानु चिन्ताको विषय भएको राष्ट्रपति भण्डारीले बताएकी छन् । जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य उपचारमा राम्रो काम गरेको उनले बताइन् ।
जनस्वास्थ्य कार्यक्रमलाई जनताको घरदैलो सम्म पुर्याउनका लागि उनले आग्रह गरेकी छन् । स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने बताउँदै उनले गुणस्तरिय सेवालाई आम नागरिक पुर्याउनु राज्यको दायित्व भएको बताइन् ।
राष्ट्रपति भण्डारीले संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको बताइन् । संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने बिरामीको सेवा र विद्यार्थीहरुको शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष पहल थालनी गर्नुपर्नेमा जोडसमेत दिइन् ।
संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हक अन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै उनले रोग नलाग्नुमात्र स्वास्थ्य नभएको बताइन् ।
जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढंगले नागरिकको घरदैलोमा पुर्याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठुलो भूमिका रहने बताएकी छन् । स्वास्थ्य सेवासँगै अनुसन्धानको क्षेत्रमा नविन कार्य गर्न सकेको खण्डमा जननेता मदन भण्डारीको नाममा स्थापित प्रतिष्ठानको उद्देश्यले सार्थकता पाउने उनको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठलगायतकाले आफ्ना धारणा राखेका थिए ।
प्रतिष्ठानका उपकुलपति डाक्टर बिश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द् शर्मा, प्रदेशका मन्त्रीहरु, सांसदहरु, प्रदेशका सचिबहरु, कर्मचारीहरुलगायतकाको आतिथ्यता रहेको थियो ।