हेटौंडामा शैक्षिक मेला हुने
हेटौंडा– हेटौंडामा शैक्षिक मेला तथा सांस्कृति कार्यक्रम–२०७९ हुने भएको छ । हेटौंडा–४ वडा कार्यालयको आयोजनामा शैक्षिक मेला तथा सांस्कृति कार्यक्रम–२०७९ हुने भएको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले शैक्षिक मेला हुन लागेको वडा कार्यालयले जनाएको छ । ४ नम्वरका वडाध्यक्ष नविन सिग्देलको अनुसार मेलामा वडाभरका विद्यालय, हेटौंडा क्याम्पस र म्यानेजमेन्टको स्टल रहेनछ ।
वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित तथा सामाजिक विषयसँग सम्बन्धित सामग्रीको स्टलमा प्रदर्शनीमा राखिनेछ ।
मेलामा प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन समेत रहेको सिग्देलले जानकारी दिए । वडा अध्यक्ष सिग्देलका अनुसार प्रत्येक विधामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई पुरस्कृत गरिनेछ ।
वडाध्यक्षका अनुसार मेलाको करिब दशहजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्नेछन् । शैक्षिक गुणस्तर सुधार समिति श्रीराम दहालले एक विद्यालयको राम्रो अभ्यास र अनुभवबाट अर्को विद्यालयल सिकाई गरी शैक्षिक सुधार हुने अपेक्षाका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको हो । यस कार्यक्रमको सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्नेछ ।