राष्ट्रपति रनिङशिल्डमा भिड्न हेटौंडामा तेक्वान्दोका २३ खेलाडी छनौट

संवाददाता
माघ १०, २०७९

हेटौंडा– जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रयोगिताका लागि तेक्वान्दो खेलतर्फको नगर छनौट सकिएको छ ।

चन्द्रोमय माविको व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजनामा अन्तर मावि तेक्वान्दो छनौट प्रतियोगित भएको हो । ६ वटा उमेर समूहमा २३ जना खेलाडी छनौट भएका छन् ।

पुरुषतर्फ ४५ केजी मुनी तौल समूहमा युसुफ हुसेन प्रथम, विवेक ब्लोन द्वितीय तथा जेनिस चौलागाई र वैभव भट्ट तृतीय भएको तेक्वान्दो जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । पुरुषको ४८ केजी मुनी तौल समूहबाट प्रथम अरबिन घलान, द्वितीय समिर तामाङ, संगम थिङ र निमेश पोखरेल तृतीय भए । ५१ केजी मुनी तौल समूहको प्रथम इमराज बज्यु हुँदा दिपेश आले मगर द्वितीय, रस्किन अधिकारी र चुन दिप तितुङ तृतीइ भएका छन् ।

महिलातर्फ ४२ केजी मुनी तौल समूहबाट रमिसा राई प्रथम, मोनिका शाह द्वितीय, अर्पणा गोले र इमिना गोले तृतीय भए । ४४ केजी मुनीको तौल समूहको प्रथम कबिना राई, द्वितीय प्रनिका राजथला र भूमिका श्रेष्ठ तृतीय भए ।

यसैगरी, ४६ केजी मुनी तौल समूहमा कुस्मा ब्लोन प्रथम, शुभेच्छा घलान द्वितीय, ऋचा लामा र नाम्सा शाक्य तृतीय भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षतामा छनौट प्रतियोगिता भएको हो ।

अध्यक्ष खड्गीले खेलाडीहरुको भविष्यका लागि सरकारले ध्यान दिनुपर्ने धारणा राखे । जिल्लामा तेक्वान्दो खेलको विकासका लागि तेक्वान्दो जिल्ला कार्यसमिति खेलेको भूमिका बारे खड्गीले प्रशंसा गरेका छन् ।

कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोईराला, तेक्वान्दो जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष बज्राचार्य, राष्ट्रपति रनिङशिल्ड कार्यक्रम संयोजक तथा चन्द्रोदय माविका प्राध्यापक धितराज ढकाल, तेक्वान्दोका संस्थापक अध्यक्ष दिलिप राजथलालगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*