मनहरीमा व्यवस्थित बसर्पाक निर्माणसँगै चार्जिङ स्टेशन राख्ने तयारी
हेटौंडा– पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मनहरी गाउँपालिकाले दुरगामी प्रभाव पार्ने व्यवस्थित बसर्पाक र चार्जिङ स्टेशन निर्माणको तयारी थालेको छ ।
व्यवस्थित बसर्पाक निर्माण गरेर स्थानीयको यातयात सुविधामा सहजतासँगै स्थानीयस्तरको अर्थतन्त्र चलायमान बनाउने र विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा प्रयोग हुन आउने चार्जिङ स्टेशन बनाउने तयारी गाउँपालिकालेगरेको हो । मनहरीमा व्यवस्थित बसर्पाक छैन् ।
जसकारण पूर्व–पश्चिम राजमार्गमा चल्ने यात्रुबाहक बसहरु धेरै समय रोकिँदैनन् । यसरी बस नरोकिँदा यात्रुलाई सास्ती हुनुका साथै स्थानीयस्तरमा आर्थिक चलायमान हुन नसकेको हो । मनहरी जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।
राक्सिराङ, कैलाश गाउँपालिकामा उत्पादित कृषि उपजहरु मनहरी आउने गरेका छन् भने यहाँबाट हेटौंडादेखि चितवनसम्म पु¥याइने गरिएको छ ।
मनहरी गाउँपालिका–८ बेलुवास्थित बगर क्षेत्रमा बसपार्क र चार्जिङ स्टेशनसहितको भौतिक संरचना निर्माण गर्ने योजनाअनुसार गाउँपालिकाले छलफल चलाउन सुरु गरेको छ । गाउँपालिकाले मनहरीका प्रमुख राजनीतिक दलहरुसँग बसर्पाक र चार्जिङ स्टेशनका सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा सबै राजनीतिक दलले गाउँपालिकाको निर्णयलाई स्वागतसँगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । बसर्पाक र चार्जिङ स्टेशन निर्माणमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लगायतका दलहरुले प्रतिबद्धता जनाएका हुन् ।
नेताहरुले सार्वजनिक जग्गा संरक्षण गरी गर्न लागेको विकास कार्यलाई पूर्ण साथ रहने बताएका हुन् । सरकारी निकायका सरोकारवालाहरुले पनि संविधानले दिएको सम्पत्तिको हकको समेत सम्मान र बचाउ गर्दै सार्वजनिक जग्गामाथि भइरहेको अतिक्रमण रोक्नुपर्ने जोड दिए ।
नेपाली कांग्रेस मनहरी गाउँ समिति सभापति प्रकाश बर्तौलाले बसर्पाक र चार्जिङ स्टेशन निर्माण गर्ने योजनाले खुशी बनाएको बताए । बेलुवाको सार्वजनिक क्षेत्रमा सुकुम्बासी बस्ती बढेको र बस्ती अव्यवस्थित भएको कारण सुन्दरता हराएको उनको भनाई छ ।
बेलुवाको १ सय ४८ बिघा क्षेत्रलाई व्यवस्थित गर्ने गरी बनाइएको डिपिआरमा व्यक्तिगत सम्पत्ति संरक्षण गर्ने वा सो सम्बन्धमा कहीँकतै सम्बोधन नभएको उनले बताए ।
बेलुवामा क्रसर उद्योगहरुले हडपेको जग्गाबारे कसले बोल्ने रु भन्दै कार्यक्रममा प्रश्नगरे । क्रसर उद्योगले हडपेको जग्गा हटाउनु पर्ने उनको भनाई छ । ‘त्यसैले व्यक्तिको जग्गा कहाँनेरहो रु मालपोत कार्यालयबाट लगत झिकाएर नापी गरेर छुट्याइनुपर्छ । र, हटाउने भनिएका बस्तीका मानिसहरुलाई पनि हामी समृद्ध मनहरी निर्माण यसरी गर्दैछौँ, यहाँको बस्तीलाई यसरी व्यवस्थित गर्दैछौँ भनेर सम्झाइ बुझाई गर्न सक्नुपर्छ । हामी विकास विरोधी होइनौँ ।,’ उनले भने ।
नेकपा एमालेका नवीन सुवेदीले बेलुवामा बसपार्कसहितको संरचना बन्ने कुरा सबैको लागि गर्वको विषय भएको बताए । ‘अतिक्रमित जग्गा बचाउने दायित्व स्थानीय सरकारको हो ।
९ वटै वडामा रहेका त्यस्ता जग्गाहरु अतिक्रमण हुन रोकिनुपर्छ । डिपिआर अनुसार नै काम अघि बढाइयोस् ।,’ सुवेदीले भने । बेलुवामा सुकुम्बासीका नाउँमा हुकुमबासीहरु छन् भने त्यसको छानबीन गर्नुपर्ने उनको जोड छ ।
नेकपा माओवादी केन्द्र मनहरीका नेता सञ्जीव पाठकले अहिले डिपिआर बनाएर अघि बढेको क्षेत्र बसपार्क बन्ने र यो बसपार्क र मनहरीलाई मध्य क्षेत्र मानेर रसुवागढी नाकासम्म जोड्ने बाटोको समेत परिकल्पना गरिएको बताए ।
‘अहिले जहाँ तटबन्धन गरियो, त्यहाँ केही मिटर मिचेर बनाउने गरिएको छ । त्यहाँ निस्केको नदी उकास जग्गालाई नापजाप गरी जग्गा निकाल्ने कुरालाई पनि ध्यान दिऔँ,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निराजन बर्तौलाले सार्वजनिक जग्गाको उचित संरक्षण गर्नुे विषयमा सहयोग हुने बताए ।
राप्रपा मनहरीका नेता नरहरि सुवेदीले सार्वजनिक जग्गा संरक्षण गर्दै बसर्पाक बनाउने योजनालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सीताराम अर्यालले बेलुवाको कुरा गर्दा त्यहाँ विगतमा ६ घरजति मात्रै सुकुम्बासीको बस्ती रहेको र हाल बढेर धेरै पुगेको बताए ।
‘यही बाटो भएर सिडिओ, वार्डेन, मन्त्रीहरु हिँडनुहुन्छ, तर ड्याममा जग बनाएर घर बनाएको कुरा चाहिँ हाम्रै समितिले मात्रै हेर्नुपर्ने भन्नेगरी कुरा हुन्छ, हाम्रो मात्र काम होइन । त्यो नियन्त्रण गर्ने सबैको दायित्व हो,’ उनले भने । उनले अवैधानिक क्रसर उद्योग हटाइनुपर्नेमा जोड दिए । मध्यवर्ती क्षेत्रमा सौराहजस्तै पर्यटकीयक्षेत्र बनाउन सकिने बारे उनले सुझाव दिए ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कलाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता पुलामी रेखा, प्रमु्ख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वडाअध्यक्षहरु राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, युवराज थपलिया, नवराज सुवेदी, नारायण उप्रेती र राजकुमार श्रेष्ठको सहभागिता थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणप्रसाद न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, पर्सा राष्ट्रिय निकुन्जका रेञ्जर मनराज लामा, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख कृष्णराज ढकाललगायतको आतिथ्यता थियो ।