पहिलो पटक जनतामाझ जाँदै एकालाल श्रेष्ठ, को हुन उनी ?

संवाददाता
कार्तिक ३०, २०७९

हेटौंडा– आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलोपटक जनप्रतिनिधि बन्ने तयारीमा छन् एकालाल श्रेष्ठ । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकालाल मकवानपुर क्षेत्र नम्बर १ को ९ख० मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् ।

२०४४ सालदेखि विधिवत रुपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका एकालाल श्रेष्ठ मकवानपुर अझ भनौं हेटौंडाबासीका लागि कुनै नौलो नाम हैन । २०२७ साल साउन १७ गते जन्मिएका एकालाल पूर्णलालिन राजनीति र समाजसेवामा समर्पित नाम हो । बुवा भिमलाल श्रेष्ठ र आमा चन्द्रकुमारी श्रेष्ठको जेठा छोराका रुपमा जन्मिएका श्रेष्ठले हेटौंडाको शिद्धार्थ माविमा कक्षा ८ मा पढ्दै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएर २०४४ सालबाट राजनीतिमा पाइला राखे ।

पञ्चायत कालमा राजनीति गर्न पक्कै पनि सहज थिएन तर पनि त्यो चुनौतीपूर्ण अवस्थाको सामना गर्दै उनी निरन्तर राजनीतिमा सकृय रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य क्रमशः सचिव, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बन्न सफल भए । जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु पनि निरन्तर विद्यार्थी राजनीतिमा उर्जाशिल भएर लागेको प्रतिफल नै थियो ।

हेटौंडामा नै जन्मिएका एकालालले पछिल्लो समयमा देशमा भैरहेको धेरै राजनीतिक उथलपुथल नजिकबाट नियाल्ने अवसर पनि पाए । राजनितीलाई व्यवसाय हैन सेवा बनाउनुपर्छ भावना उनीमा विद्यार्थीकालदेखि नै जागृत थियो भने अहिले पनि “बरकरार” छ । निरंकुश निर्दलीय राजतन्त्र विरुद्धमा २०४६ सालमा भएको आन्दोलनमा पनि उनी सक्रीय भएर लागे उनले हेटौंडामा हुने हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर जुधिरहे । विद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा लागिरहँदा उनले जेलजीवनको पनि सामना गर्नुपरेको थियो ।

यी यावत कुराहरु सम्झिदा जहिले पनि देश जोगाउनको लागि हरेक कुराको सामना गर्न सक्नुपर्छ भन्ने उर्जा प्राप्त हुने उनी बताउँछन् । अनेरास्ववियुको मकवानपुरको अध्यक्ष हुँदैगर्दा दुई कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य समेत हुने मौका पाए । केन्द्रिय सचिवालय सदस्य भएपछि केन्द्रिय राजनीतिमा पनि उनको सम्पर्क बढ्दै गयो ।

त्यसो त त्यसबेला विद्यार्थी राजनीति सँगै गरेका ठाकुर गैरे, भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, खिमलाल भट्टराई, योगेश भट्टराईहरु लगायतका नेताहरू केन्द्रिय तहामा नै छन् । विभिन्न आरोह अवरोहलाई छिचोल्दै एकालाल अहिले नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । तत्कालीन समयमा अनेरास्ववियुको मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेका २०४८ सालमा एमालेको पार्टी सङ्गठित सदस्यता प्राप्त गरी नेकपा एमालेको राजनीतिमा पाइला टेकेका हुन् ।

२०४९ सालमा तत्कालीन हेटौंडा नगरपालिका वडा नम्बर १ को नेकपा एमाले पार्टी कमिटीको पहिलो अध्यक्ष हुने सौभाग्य पनि उनकै नाममा छ । २०५० सालमा हेटौंडा नगर कमिटीको सदस्य हुदै विभिन्न जिम्मेवारी पश्चात् २०६१ सालमा आएर एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य हुन सफल भए । पार्टी राजनीतिमा धैर्य र संयमता अपनाए अवसर आउँछ भन्ने उनको मनमा लागिरह्यो ।

२०६२–०६३ को मकवानपुरको आन्दोलनमा सक्रीय रुपमा सहभागि हुँदै गर्दा उनले ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेका थिए । त्यसरी आन्दोलनको अगुवाइ गर्दा पटक–पटक सरकारले दमन गरी पक्राउ समेत गरेको थियो ।

निरन्तर नेकपा एमालेकै विभिन्न क्षेत्रमा सक्रीय एकालाल २०७२ सालमा नेकपा एमाले मकवानपुरको सचिव भए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भएका विभिन्न घटनाक्रमलाई नजिकबाट अवलोकन गरेका एकालाल पार्टीलाई सङ्कट परेको अवस्थामा नेतृत्व लिएर २०७७ साल पुस २५ गते पार्टीको अध्यक्ष बने ।

त्यसको एकवर्षपछि पुन २०७८ साल पुस २५ गते भएको नेकपा एमालेको जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा निर्वाचित भएका एकलाल अहिले पनि जिल्ला अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेकाछन् ।

यस्तै नेपाल बुद्धीचाल संघको केन्द्रिय कमिटीको विभिन्न जिम्मेवारी पूरा गर्दै अनुभव बटुल्दै महासचिब हुँदै २०७२ चैत्र १३ गते केन्द्रीय अध्यक्षका रुपमा चयन भए । बुद्धिचाल खेलमा राम्रो अनुभव रहेका एकालालले नेपालमा पनि यो खेलको राम्रो आकर्षक छ भन्ने विदेशमा चिनाउने काम गरे ।

नेपालका बुद्धिचाल खेलका सन्दर्भमा नेपालका धेरै जिल्लाका साथै विभिन्न देशहरुमा समेत उनले नेपालको प्रतिनिधित्व गराउन सफल भएका छन् । एसियायी चेस महासङ्घको अध्यक्षको सल्लाहकार सन २०१८ देखि हालसम्म , विश्व बुद्धिचाल महासङ्घको बिकास आयोगको सदस्य सन् २०१५–२०१८ सम्म काम गरेर अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा पनि आफ्नो अनुभव सङ्गालेका छन् ।

निर्माण ब्यवसायी महासङ्घ मकवानपुरको दुई कार्याकाल महासचिव, मकवानपुर उद्योग वाणिज्य सङ्घको सल्लाहकार भैसकेका छन् एकालाल । यस्तै मकवानपुरको पुस्तकालय स्थापना एबम सामुदायिक बनहरुको अभियानमा समेत उनी जोडीएका छन् ।

यस्तै राजनीतिक अभियान सँगै सहकारी अभियानमा पनि उनी जोडिएका छन् । सहकारी संस्थाहरुको विभिन्न भूमिकामा गाँसिएका एकालालमा आजसम्म कुनै दाग लागेको छैन । श्रीलंका, नर्बे, अजरबैजान, जर्जिया, युएइ, बंगलादेश र भारतलगायतका देशहरु भ्रमण गरेका उनले विदेशी नीति र विकालाई पनि नियाल्ने मौका पाएका छन् ।

लामो समय राजनीति र समाजसेवामा जोडिएका एकालालमा युवा जोश छ अनि जाँगर छ । जनप्रतिनिधिका लागि पहिलोपटक प्रतिस्पर्धामा उत्रिए पनि उनिसँग अन्य धेरै कुराको अनुभव छ । सामाजिक, आर्थिक र खेलकुद क्षेत्रमा जोडिएका उनमा केही नयाँ गर्ने उत्साह छ । यो उत्साहलाई कायम राख्न हामी हेटौंडाबासीको एकालाललाई अमुल्य साथ र मतको आवश्यकता छ ।

यस अघि अवसर नपाए पनि तपाईं हाम्रो माझमा रहेका श्रेष्ठ हाम्रो आशाको किरण हुन् । यो आशा, विश्वास र भरोसालाई मङ्सिर ४ गते सुर्य चिन्हमा मतदान दिएर मात्र पूरा हुनेछ । मकवानपुर क्षेत्र नम्बर १ को ९ख० बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*