मकवानपुरमा कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेन

संवाददाता
अशोज २७, २०७९

हेटौंडा– मकवानपुरमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन् ।

कुनैपनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतरबार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि राजनीतिक दल र स्वतन्त्रका तर्फबाट ६९ जनाले उम्मेदवारी दिएका थिए ।

दुई वटा प्रतिनिधिसभा क्षेत्रमा २६ जना र ४ वटा प्रदेशसभा क्षेत्रका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका ६९ जनाविरुद्ध उम्मेदवारीविरुद्ध दाबीविरोध गर्ने समयमा नै उजुरी नपरेको हो ।

आयोगले सोमबार १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दिएका विरुद्ध दाबीविरोध गर्ने समय प्रदान गरेको थियो ।प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर २ मा एक जना स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को ९क० मा १० जना र ९ख० मा १५, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ९क० मा ८ र ९ख० मा १० जनाको उम्मेदवारी थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*