हेटाैंडा-१५ मा भएकाे वडा अध्यक्ष कप भाेर्लेकाे पाेल्टामा

संवाददाता
अशोज १५, २०७९

हेटाैंडा- हेटाैंडामै पहिलाे पटक भएकाे १५ नम्बर वडाकाे वडा अध्यक्ष कपकाे उपाधि भाेर्ले टाेल विकासले जितेकाे छ ।

हेटाैंडा-१५ का टाेल विकास स्तरीय फुटबल प्रतियाेगिताअन्तर्गत शनिवार भएकाे फाइनल खेलमा भाेर्लेले राताेमाटे टाेल विकासलाई ४-० गाेल अन्तरले पराजित गरेकाे हाे । रातोमाटेको सशस्त्र प्रहरी गणको खेल मैदानमा भएको फाइनल खेलकाे ३१ औँ मिनेटमा विश्वास भोलनले पहिलो गोल गर्दै भाेर्लेलाई अग्रता दिलाए ।

पहिलो हाममा भाेर्लेविरूद्व समालिएकाे राताेमाटेलाई दाेस्राे हाफ झनै महंगाे पर्न गयाे । दाेस्राे हाफमा भाेर्लेले राताेमाटेकाे पाेष्टमा थप ३ गाेल गर्दै जितलाई फराकिलाे बनाउन सफल भयाे । भाेर्लेका लागि दोस्रो हाफमा बिन ब्लोन र बिशाल भोलनले थप ३ गोल गरे । उपाधि जितेकाे भाेर्लेले ५१ हजार नगदसहित शिल्ड, मेडल पाएकाे छ । उपविजेता बनेकाे राताेमाटेले ३० हजार नगदसहित शिल्ड, मेडल पायाे ।

फाइनल खेलकाे म्यान अफ द म्याच बिशाल भोलन चुनिए ।प्रतियोगितामा राताेमाटेका बिनन भाेलन सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छने । भोर्ले टोल विकासका बोब्मे घलान उत्कृष्ट गोल रक्षक, रातोमाटेका रितेश श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, रातोमाटेकै अनिश मोक्तान उत्कृष्ट फर्वाड, भोर्लेका बिपुल भोलन उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

१५ नम्बर वडा कार्यालयकाे याेजनाअन्तर्गत स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यले टोल विकास संस्था समन्वय समिति हेटौँडा–१५ को आयोजना प्रतियोगिता भएको थियाे । खेल प्रेमी र खेल क्षेत्र बुझेका वडा अध्यक्ष सुनिल माेक्तानका कारण टाेलटाेलमै सद्भाव र भातृत्व कायम गराउने खेल क्षेत्रले गति लिएकाे छ । हेटाैंडामा मेयरकप फुटबल र  उपमेयर कप भलिबल भएपनि वडा अध्यक्ष कप फुटबल भएकाे थिएन । वडा अध्यक्ष निर्वाचित भएपछि माेक्तानले गाउँमा खेल क्षेत्रकाे माेह बढाउन भूमिका खेलेका छन् । उनले खेलबाट १५ नम्बर वडाकाे नाम नगर भरी परिचित गराउने उद्देश्य रहेकाे बताए ।

६ असाेजदेखि भएकाे प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रमलाई सम्बाेधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले युवालाई खेलको माध्यमबाट अघि बढाउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताइन । वडा अध्यक्ष मोक्तानले खेलकुदको माध्यमबाट नै उर्जा बढ्ने उल्लेख गर्दै यही प्रतियोगिताबाट पनि धेरै खेलाडी उत्पादन भएको बताए । प्रतियोगिताको समापन समाराेहकाे अध्यक्षता संस्थाका अध्यक्ष सिङ बहादुर विश्वकर्माले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*