आश्रमबाट भविष्य चिहाउँदै गरेका बालबालिका
हेटौंडा– एउटा बच्चाको पहिलो विद्यालय उसको घर हुन्छ । उनको बाबु आमा नै पहिलो शिक्षक शिक्षिका हुन्छन् । त्यसपछि छिमेकी र विद्यालयबाट सिकाईहरु शुरु हुन्छ ।
घरबाट सडकमा आईपुगेका र अनाथ बालबालिकाहरुको हकमा भने सिकाईको थलो फरक हुने गर्छ त्यस्तै छ मानवसेवा आश्रममा पालनपोषण गरिएका बालबालिकाको अवस्था । आश्रममा बसेका बालबालिकाको अवस्था अन्य वालवालिकाको भन्दा भिन्न छ ।परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाई असह्य छ ।
कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुवाको अनुहारमात्र होइन, कुन गाउ र ठाउमा जन्मेको थाहा पनि छैन । हेटौंडा–९ स्थित मानवसेवा आश्रममा २३ जना बालबालिका आश्रित छन् । उनीहरुलाई खाने, बस्ने, पढ्ने सबै व्यवस्था आश्रमले मिलाएको छ ।
आश्रममा १ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई नजिकैको श्रीकृष्ण आदर्श बोर्डिङ स्कूल र आधुनिक माध्यमिक विद्यालयमा पढाएका छन् । आश्रमका संसाक मानव कक्षा ११ मा हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कर्मस विषय लिएर अध्ययन गरिरहेका छन् ।
उनीहरुलाई विद्यालयहरुमा पढ्न केहि छुट हुने गरेको आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिए । ‘हामी कहाँ अहिले सबैभन्दा सानो बाबु १ वर्षको हुनुहुन्छ, र सबैभन्दा ठुलो क्याम्पसमा पढ्दै हुनुहुन्छ ।’
आश्रमका बालबालिकालाई समय मिलाएर घुमाउन फिल्म हेर्न लैजाने गरेको पौडेलले जानकारी दिए । आश्रममै जन्मेर हुर्केका अमृत मानव जो अहिले कक्षा ८ मा अध्ययनरत छन् ।
उनलाई आश्रममै बसेर पढ्दा निकै रमाईलो लाग्ने गरेको बताए । त्यसैगरी अर्को बालक आयुष मानव जो अहिले कक्षा ३ मा अध्ययनरत छन् । उनलाई आश्रम नै आफ्नो घर भएको र त्यहि बस्न आफुलाई रमाइलो लाग्ने गरेको बताए ।
‘मलाई यहि रमाइलो लाग्छ । हाम्रो अहिले परिक्षा चल्दै छ । परिक्षा सकिने बित्तिकै हामिलाई दशैको सपिङ्मा लैजाने भन्नुभाको छ, उनले खुशि हुँदै भने । २३ जना बालबालिकालाई ट्युसन पढाउन एक जना शिक्षक पनि राखेका छन् आश्रमले ।
बिहान बेलुका गरि २÷२ घण्टा गरेर पढाउछन् उनीहरुलाई । सडकपेटिबाटै उद्धार गरेका उनीहरुलाई आमाबुवा नभएका कारण आश्रमले वडा कार्यालयबाट मानव थर राखेर जन्मदर्ता बनाएका छन् ।
वडा कार्यालयले पहिला पहिला जन्मदर्ता बनाउन नमानेपनि अहिले सजिलैसँग जन्मदर्ता बनाइदिएर बालबालिकालाई पढ्न सहज बनाइदिने गरेको अभियन्ता पौडेलले जानकारी दिए ।
बच्चा माग्दै २०० वटा निवेदनआश्रममा आश्रित बालबालिकालाई देख्दा जोकोहिले पनि माया नगरी बस्न सक्दैनन । सा साना नानीबाबुहरुको आनीवानी राम्रो र असल भएकाले उनीहरुलाई माग्न दिनहु मान्छे आउने गरेको बताउँछन् ।
धेरै समयसम्म पनि सन्तान नभएको परिवार आश्रममा रोईकराई गर्ने गरेको अभियन्ता पौडेलले जानकारी दिए । आश्रममा जन्मेका बालबालिकालाई आफ्नो सन्तानको रुपमा राख्न बच्चाको माग गर्दै २०० वटा निवेदन आश्रममा परेको छ ।
नेपालको कानुन अनुसार बालबालिकालाई अरुको जिम्मेवारीमा छाड्ने सहज नियम छैन । अहिले अदालतले नै मानसिक अवस्था गुमाएका आमाबाबुका सन्तान नदिन निर्देशन गरेको छ ।
हाल मानसिक अवस्था गुमेकी आमाले पछि सञ्चो भएपछि बच्चा माग्यो भने के भन्ने रु भन्ने व्याख्या अदालतको छ । ‘कानुनी जटिलता एकातिर छ, अर्को कुरा हामीलाई ९आश्रमलाई० पनि त उत्तराधिकारी चाहियो नी, हाम्रो भोलिको पुस्ता उहाँहरु नै हो’ पौडेलले भने ।
बालबालिकाहरु आफ्नो खुट्टामा उभिएर आफ्नै तरिकाले बाँच्छु भनेर आश्रमबाट बाहिरिन पनि अनुमति छ । आश्रमले दशकको यात्रा पुरा गर्दै गर्दा हालसम्म देशभरबाट ७ हजार २ सय ६३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेको छ ।
देशभरको १९ जिल्लाका २३ वटा सेवा केन्द्रहरुमा १ हजार ४ सय ८० र मुख्य कार्यालय हेटौंडामा २ सय जनालाई हाल आश्रय दिइरहेको छ ।
आश्रमका संस्थापक÷अध्यक्ष रामजी अधिकारीलगायत झण्डै ३ सय जना अभियन्ताहरु शहरको सडक र कुनाकुनामा मानवताको प्रवद्र्धनमा लागि परेका छन् ।
यो आश्रमका टिम र पछिल्लो वर्षहरुमा देशको तीनै तहको सरकारको सहयोगले नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र बनाउने महाअभियान नजिक पुग्दै गरेको बताउँछन् अधिकारी ।
आश्रमको मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत २०८० सालसम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने २०८१ मा सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमहरु गर्ने र सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा छन् अभियन्ताहरु ।