हेटौंडामा खानेपानी व्यवस्थित र ढल व्यवस्थापन गरिने

संवाददाता
अशोज १०, २०७९

हेटौंडा– हेटौंडा उपमहानगरपालिका व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउँने तयारीमा जुटेको छ ।

एशियाली विकास बैकको सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गर्न खोजिएको हो ।

आयोजना अन्तरगत २०५५ सम्मको डिपिआर योजना सहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भुमिगत ढल र शहरी लेदो जन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा छलफल गरिएको थियो ।

शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढल जन्य लेदो तथा अन्य फोहर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनको विषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उपमहानगरपालिकाले गर्दै आएको जमिन बाढ्ने कामलाई रोक्दै एकिकृत व्यवस्थित शहरको निमार्ण र विकासमा अघि बढ्ने बताइन् ।

सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताइन् । उनले भनिन्“अब हुने विकासको काममा अघि लगानी भएका पुर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ, यसअघि निर्माण भएका पुर्वाधारको गुणस्तर र व्यवस्थापन मापन गरेर अघि बढौं ।“ उनले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै विकासको काममा अघि बढ्ने तयारीमा रहेको बताइन् ।

कार्यक्रममा हेटौंडाको सहयोगमा सञ्चालनमा रहको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बोर्डले २२ वटा डिपबोरीङ, ७ वटा सम्वयलबाट उत्पादन भएको पानी २२ हजा २५० धारा मार्फत खानेपानीको वितरण भैरहेको बताए । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक वितरण गर्दै आएको उनले जानकारी दिए।

व्यवस्थित ढल र खानेपनीको व्यवस्थापनमा आएको परामर्शदाता सहितको टोलीले नयाँ विकास हुँदै गरेका वडाहरुमा प्रदेश सरकारले निर्माण गर्ने भवन र पुर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरे छन् ।

छलफल कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठ लगाएत अन्य प्राबिधीकहरुको सहभागिता रहको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*