मकवानपुरका भण्डारी राष्ट्रिय युवा संघको प्रदेश कोषाध्यक्षमा चयन

संवाददाता
भदौ २७, २०७९

मकवानपुर– भक्तपुरको सुर्यबिनायकमा भएको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट मकवानपुरका नरेन्द्र भण्डारी कोषाध्यक्षमा चयन भएका छन् ।

युवा संघ नेपालको बागमती प्रदेश कार्यसमिति चयन गरिएको हो । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय समितीमा मकवानपुरका भण्डारी कोषाध्यक्ष चयन भएका हुन् ।

मकवानपुरे विश्वराज राई, इन्साफ़ केसी, सागर पाण्डे, छेकु लामा, मीनू वाईबा, विजय बलामी र सुवास गोले सदस्यमा चयन भएका छन् ।

यस्तै समितिको उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी सहसचिवमा माधव श्रीमाली, सहसचिवस् राजेश खड्का चयन भएका छन् । त्यस्तै बागमती युथफोर्सको संयोजकमा सुरेनविक्रम योन्जन चयन भएका छन् भने उपप्रमुखमा सुमितजंग कार्की छन् ।

युवा संघकै घटक साइबर सर्कल एवं प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ ।

सूर्यविनायकमा भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । अधिवेशनमा युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*