मकवानपुरमा जलचर प्राणी संरक्षण समिति

संवाददाता
भदौ २७, २०७९

हेटौंडा– मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको छ ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्लामा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको जानकारी दिइएको हो ।

समितिमा संयोजकमा विनोद महत, सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी सदस्य कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् ।

अभियानको संरक्षकमा भीमसेन महत तथा सल्लाहकारमा नरहरि महत रहेका छन् । मकवानपुरका नदी, नाला, खोल्सा, पानीका स्रोतहरु रहेको ठाउँमा जलचर प्राणीको संरक्षण गर्नका लागि समिति गठन गरेर काम सुरु गर्न लागिएको समितिले जनाएको छ ।

नदी, खोला, खहरेहरुमा फोहोर फाल्ने, यसको संरक्षण गर्नुको सट्टा विनास गर्न थालिएकाले यसको संरक्षणका लागि समिति गठन गरिएको संयोजक विनोद महतले बताए । समितिले योजनाबद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*