जब हेटौँडाको बीच सडकमै चिया पाक्यो…

संवाददाता
जेष्ठ १०, २०७९

हेटौँडा–हेटौँडाको मुख्य चोकमा मंगलबार साँझ बीच सडकमै चिया पकाएर खुवाइएको छ । सरकारले पेट्रोलियम र ग्यास पदार्थमा मुल्य वृद्धि गरेपछि युवाहरुले सडकमै दउरा बालेर चिया पकाएका हुन् ।

सरकारविरुद्धका आन्दोलनमा यसअघि युवा तथा विद्यार्थीहरुले विभिन्न नारा घन्किाएर विरोध गर्ने प्रचलन थियो । तर, मंगलबार हेटौँडाको बुद्धचोकमा सडकमै दाउरा बालेर चिया पकाइएको हो । सरकारले दउरा बालेर खाना पकाउन दाउरा संकलन गर्न नदिने र मुल्य वृद्धिले ग्यासबाट पनि खाना पकाएर खान नसकिको भन्दै रचनात्मक विरोध प्रदर्शन गरिएको हो ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघलगायतका भातृ संगठनहरुले संयुक्त आन्दोल गरेका हुन् । ‘मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउँछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, नालायक सरकार होसियारलगायतका नारा लगाएर आन्दोलनरत युवा तथा विद्यार्थीहरुले सरकारले पछिल्लो समय लगातार मुल्य वृद्धि गरिरहेको प्रति विरोध जनाएका हुन् ।

सरकारले पटक–पटक पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भारी मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए ।

आन्दोलन युवा तथा विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा मोटरसाइकल डो¥याएरका थिए । ग्यास सिलिण्डरमा ‘मैले पकाएर खाएको पनि देखि सकेनौं हैँ ?’ भन्दै सरकारको विरोध गरेका छन् ।

‘मोटरसाइकलसंग पेट्रोल साट्ने कोही हुनुहुन्छ ?’, ‘सरकारले कुदाउन हैन, डो¥याउन भन्नु भाछ’ भन्दै सरकारलाई उनीहरुले व्यंग्य गरेका थिए । सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १०÷१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २ सयरुपैयाँले मुल्य बढाएको हो । मुल्य वृद्धिको विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । शिलापत्रबाट

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)