थाहा नगरको मेयरमा विष्ट, उपमेयरमा गोपाली निर्वाचित

संवाददाता
जेष्ठ ५, २०७९

हेटौंडा– मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ‘आदर्श’ निर्वाचित भएका छन् । माओवादी केन्द्रको पकढ भएको थाहामा गत निर्वाचनमा पनि गठबन्धनबाट माओवादीका उम्मेदवार निर्वाचित भएका थिए ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार अच्युत्तम प्रसाद ढकाललाई पराजित गर्दै विष्ट मेयरमा विजयी भएका हुन् । उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् ।

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए । मेयरमा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५ सयष् २२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३–३ वडामा विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*