मकवानपुरगढीमा ४२ पदको लागि १ सय ४५ जनाले दिए उम्मेदवारी, यी हुन उम्मेदवार

संवाददाता
बैशाख १३, २०७९

मकवानपुरगढी– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा विभिन्न राजनीतिक दलबाट ४ र स्वतन्त्रबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा ३ जना राजनीतिक दलबाट रहेका छन् ।

मकवानपुुरगढीको अध्यक्षमा एमालेबाट विदुर हुँमागाई, गठबन्धनको कांग्रेस पार्टीबाट दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजयी सिंह ठकुरी, मंगोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रतर्फबाट कृष्ण प्रसाद कँडेल र नवराज तिमल्सिनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेबाट सन्तु थिङ, गठबन्धनको नेकपा माओवादी केन्द्रबाट मानकुमारी पाख्रीन ९नेपाली० र राप्रपाबाट हिरा देवी हुँमागाईंले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै गाउँपालिकाको ८ वडाको वडाअध्यक्षमा ३७ जनाको उम्मेदवारी परेको छ ।

जसमा वडा नम्बर १ मा ४ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा विभिन्न राजनीनिक दलबाट २ र स्वतन्त्रबाट १ गरी ३ जना, वडा नम्बर ४ मा विभिन्न राजनीतिक दलबाट ४ र स्वतन्त्रबाट २ गरी ६ जना, वडा नम्बर ५ मा विभिन्न राजनीतिक दलबाट ४ र स्वतन्त्रबाट २ गरी ६ जना, वडा नम्बर ५ मा विभिन्न राजनीतिक दलबाट ३ र स्वतन्त्र बाट १ गरी ४ जना, वडा नम्बर ७ मा विभिन्न राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ गरी ७ जना, वडा नम्बर ८ मा विभिन्न राजनीतिक दलबाट ३ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालय मकवानपुरगढीले जनाएको छ ।

त्यस्तै गाउँपालिकाको ८ वटा वडामा महिला सदस्यमा २५ जना, दलित वडा सदस्यमा १८ र खुल्ला वडासदस्यमा ५६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । कार्यालयका अनुसारमा गाउँपालिकाको अध्यक्षउपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य गरी कुल ४२ पदको लागि १ सय ४५ जनाले उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*