थाहामा ३० करोड ५० लाखको ‘पालुङ्ग बृहत् खानेपानी आयोजना’

संवाददाता
चैत्र २४, २०७८

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकामा पालुङ वृहत्त खानेपानी आयोजना संचालन हुने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना संगको साँझेदारीमा खानेपानी आयोजना संचालन हुने भएको हो ।

आयोजना संचालनका लागि थाहा नगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र पालुङ वृहत्त खानेपानी आयोजना उपभोक्ता समितिबीच काठमाण्डौंमा त्रिपक्षिय सम्झौता भएको छ ।

सम्झौतामा संघीय खानेपानी आयोजनाको तर्फबाट आयोजना प्रमुख मोहन लाल जैसी, थाहा नगरपालिकाको तर्फबाट नगर प्रमुख लवशेर विष्ट र उपभोक्ता समितिको तर्फबाट अध्यक्ष राजकुमार केसीले हस्ताक्षर गरेका छन् । त्रिपक्षिय सम्झौतामा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी साक्षी बसेका छन् ।

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा लागू हुने खानेपानी आयोजनाको कुल लागत ३० करोड ५० लाख ७८ हजार ३०१ रुपियाँ रहेको सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाबाट चारवटा वडाका २३ हजार २२९ जनसंख्या लाभान्वित हुने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

सम्झौता अनुसार आयोजनाका लागि लाभान्वित क्षेत्रका नागरिकले ६ करोड ५ लाख ७४ हजार ६४८ रुपियाँ बराबर श्रमदान गर्नुपर्ने छ भने ३० लाख ५० हजार ७८३ रुपियाँ नगद दाखिला गर्नुपर्ने छ ।

नागरिकले नगद दाखिला गर्नुपर्ने बजेट नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख विष्टले बताए । उनले भने–‘लाभान्वित परिवारले श्रमदान मात्र गरे पुग्छ, नगद हामी दाखिला गरिदिन्छौं ।’

कुल ५०।२४ किलोमीटर प्रशारण लाइन रहेको आयोजना आर्थिक वर्ष २०८०र०८१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । आयोजना अन्तर्गत वितरण पाइपलाईन १०२।५४ किलोमीटर हुने र ३ हजार १४५ वटा व्यक्तिगत धारा, आवश्यकता अनुसार सामदायिक र संस्थागत धारा निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*